च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।
Our Products
नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा।लि।को छुट्टै पहिचान छ । जापान, चीन, भारत, निडरल्याण्ड आदि देशहरुमा गएर तािलल लिई अध्ययन तथा अनुसन्धान गरि नेपालको मौसम सुहाउदो च्याउका Pure Culture बाट गुणस्तरिय च्याउका बीऊहरु उत्पादन गरि नेपाल अधिराज्यभर विक्री वितरण गरिदै आइरहेका छौं ।
के तपाईंलाई थाहा छ ? कन्ये च्याउकाे धेरै प्रकारका प्रजातिहरु मध्ये L. Sajor_caju साजर काजु धेरै नै स्वादिष्ट छ । नेपालमा बिगतमा यही च्याउ खेती गरिन्थ्यो तर आज भोलि हाइब्रिड जातका च्याउहरु त्यति मीठो नभएता पनि धेरै फल्ने भएकोले साजर काजुलाई सबैले बिर्सिदिए । फाेटाेमा देखाएको साकार काजु जातको कन्ये च्याउ अन्य हाइब्रिड जातका च्याउ भन्दा कम फल्ने भएतापनि च्याउका पारखीहरुको लागि याे च्याउ मुखमा झुण्डिने कुरामा दुई मत छैन । मस नेपाल प्रा लि बलम्बुमा याे च्याउकाे बीऊ उपलब्ध छ ।