Our Publications

च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।

Our Publishments

हालसम्म नेपाल र नेपाली भाषामा प्रकाशित च्याउसम्बन्धी कुनै पनि लेख, पुुस्तक र विवरणहरूको संगालोमा धेरै नै अभाव खट्कीरहेको परिप्रेक्ष्यमा सरल भाषामा विद्यालय, कलेज, विश्व विद्यालय, प्रोफेसर, साधारण च्याउ किसान देखि लिएर च्याउसम्बन्धी जानकारी हासिल गर्न चाहने कुनै पनि व्यक्तिको लागि, च्याउसम्बन्धी अध्ययन र अनुसन्धान गरिरहनु भएका र भविष्यमा गर्न चाहनेहरूलाई अध्ययन, अनुसन्धान, पहिचान एवं संकलनको लागि अति नै उपयोगी एवं मार्गनिर्देशकको रूपमा डा. महेशकुमार अधिकारीज्यूले तयार पार्नुभएको यो पुस्तक “नेपालका च्याउहरूः छोटो जानकारी” शाब्दिक अर्थमा छोटो जानकारी मात्र नभइकन यो पुस्तक वास्तवमा एक महŒवपूर्ण सम्पत्ति हो, दस्तावेज हो, मार्गनिर्देशन हो ।

Some things from us for you to see

Our Publishments

बलम्बु च्याउ सहकारी संस्था लि.को प्रकाशन तथा धमेन्द्र महर्जन, प्रकाश श्रेष्ठ, मिलन श्रेष्ठ र सुमन महर्जनको संयुक्त लेखनमा तयार पारिएको पुस्तक कन्ये च्याउ खेती प्रविधि नेपालमा कन्ये च्याउ खेती गर्नको लागि ज्यादै उपयोगी पुस्तक हो । नेपालमा हाल गरिदै आइरहेको खेती प्रविधि सम्बन्धी लामो समयको अनुभव, अध्ययन तथा बैज्ञानिक विश्लेषणको आधारमा तयार पारेको यस पुस्तकले नयां तथा पुराना दुवै च्याउ खेती गर्न चाहने कृषकहरुको लागि अति नै उपयोगी छ । सरल भाषामा फोटो सहित व्याखा गरिएको हुनाले बुझ्न सजिलो हुनुको साथसाथै यही पुस्तकको आधारमा समेत च्याउ खेती गर्न सकिने भएकोले यस पुस्तकको महत्व ज्यादै छ ।