Our Publications

च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।

च्याउ व्यवसायीकाे समस्या

-सुमन महर्जन

च्याउ व्यवसायीकाे समस्या

च्याउकाे मूल्य अत्यधिक घटेको छ । सामान्यतया कुनै पनि वस्तुको भाउमा उतारचढाव आउनु बजारकाे माग र आपूर्तिकाे शिलसिला नै हाे तर आफ्नो उत्पादनकाे लागत नै नउठ्ने गरि, घाटामा नै जाने गरि कृषि उपजकाे भाउ अत्यधिक मात्रामा घटिरहनु ठूलाे समस्या र चुनाैतिकाे बिषय हाे ।

नेपालमा च्याउकाे उत्पादन र बजारकाे सम्बन्धमा कुनै आधिकारीक अध्ययनकाे रिपाेर्ट पाइएको छैन यदपि मैंले गरेकाे सामान्य अध्ययनले के देखाएको छ भने औसत एक नेपालीले वार्षिक रूपमा ४००-५०० ग्राम मात्रै च्याउकाे उपभोग गर्न पाएकाे देखाउँछ । याे हिसावले हेर्न हाे भने नेपालकाे आन्तरिक बजारकाे लागि मात्रै पनि च्याउकाे बजारकाे ठूलाे सम्भावना र आवश्यकता देखिन्छ ।

तसर्थ हालै च्याउकाे भाउ अत्यधिक घटेर पारेकाे समस्या समाधानकाे लागि तत्कालै निम्न बिषयहरुमा छलफल एवं ध्यान दिनु पर्ने देखिन्छ ।

१) नेपालकाे कुनै पनि वस्तुको औसत मूल्य समय सापेक्ष रुपमा बढिरहेको छ तर च्याउकाे मूल्य घटिरहेको छ । कुनै पनि कच्चा पदार्थकाे मूल्य लागत ज्याला अत्यधिक बढिरहेको छ तर च्याउकाे मूल्य घटिरहेको छ ।

२) समय सापेक्ष रुपमा कृषि व्यवसायमा हुनु पर्ने आधुनिकीकरण बिच बाटाेमै छ । जसले न उत्पादनकाे लागत घटाउन सक्याे न बजारकाे ब्यवस्थापन गर्न सकियाे ।

३) परम्परागत खेति प्रणाली बिशेषत माैसमी उत्पादनमा मात्रै सिमित हुने भएकाेले निश्चित समयमा मात्रै उत्पादन हुने भयाे र उत्पादन हुने वेलामा पनि एकै पटक धेरै भइरहेको छ ।

४) महत्व र फाइदा र खानपिनकाे संस्कारकाे हिसाबले नेपालमा च्याउकाे उपभाेग सबैतिर सबैले सधैं खाने चलनकाे बिकास भएकाे पनि छैन। त्यसैले पनि दशैकाे समयमा च्याउकाे उत्पादनकाे बृद्धि हुनु तर बजारकाे ब्यबस्थापनमा कमी हुनु ठूलाे समस्या हाे ।

५) च्याउकाे बजार प्रचार प्रसार अन्य कुनै पनि वस्तुको तुलनामा निकै कम भइरहेको छ । हाल जति भइरहेको छ त्याे पनि सुस्त, अव्यवस्थित मनाेमानी ढंगले भइरहेको छ । जुन च्याउ व्यवसायकाे लागि ठूलाे चुनौती हाे ।

६) च्याउ अन्य कृषि उपजकाे तुलनामा आयु (Self life) कम भएकाे वस्तु हाे र हाम्रो बजार भने तदअनुरूप व्यवस्थापन गर्न सकेको छैन । भण्डारण, Post harvest प्रविधिमा विकास नहुनु अर्को ठूलाे चुनाैति हाे ।

७) कुनै पनि उत्पादनको बजारिकरण कुनै पनि व्यवसायकाे संरक्षण सम्बन्धमा सरकारको वेवास्ता र गैर जिम्मेवारी सबै भन्दा ठूलो समस्या र चुनाैति हाे ।

समस्या सबैतिर सधैं भइरहने र आइरहने कुरा हाे तर समय समयमा आइपर्ने समस्याकाे बारेमा छलफल नहुनु, समस्या समाधानकाे उपाय निनिस्कनु, सधैं सधै एउटै प्रकारका समस्याहरु आइरहनु बिडम्बना हाे ।

हालै च्याउकाे बजारमा आइरहेको समस्याकोलागि सबै ब्यवसायीहरू र सम्बन्धित पक्ष मिलेर समाधान खाेजाै ।

Share this on Facebook