Our Publications

च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।

नेपालमा व्यवसायिक गुच्ची च्याउ खेतीको अनुसन्धान हुदैं

-सुमन महर्जन

नेपालमा व्यवसायिक गुच्ची च्याउ खेतीको अनुसन्धान हुदैं

विश्वको च्याउ जगतमा औषधिको रुपमा प्रयोग गर्ने भन्दा तरकारीको रुपमा खाने च्याउ निकै कम छ । ती मध्येमा पौष्टिक आहारको दृष्टिकोणबाट र औषधिय गुणको आधारमा प्रयोग हुने खाने च्याउ झनै कम छन । यस्तै औषधिय गुण तथा पौष्टिक गुणको आधारमा निकै नै महत्व र दुलर्भ मानिने गुच्ची च्याउको सम्बन्धमा आज महत्वपूर्ण जानकारी गराउँन जादैछु ।

 

विश्वमा सफलता पूर्वक गुच्ची च्याउकाे खेती धेरै वर्ष अघिदेखि हुदै आइरहेको छ । सर्वप्रथम २०७२ सालमा चीनमा च्याउ खेती तालिम लिन जाने क्रममा प्रत्यक्ष रूपमा गुच्ची च्याउ खेतीकाे अनुभव गर्ने अबसर पाएको थिएँ ।

 

नेपालकाे उच्च पहाडी क्षेत्रमा प्राकृतिक रूपमा गुच्ची च्याउकाे धेरै उत्पादन हुने गर्दछ । तरकारीको रूपमा प्रयोग गरिने औषधिय गुणले भरिपूर्ण गुच्ची च्याउ एक दुर्लभ च्याउकाे रूपमा प्रसिद्ध छ । 

 

नेपालका वरिष्ठ च्याउ बिज्ञ डा. महेशकुमार अधिकारी ज्यूको विशेष सहयाेगमा र अमेरिकी च्याउ विज्ञ Joseph Krawczyk काे सहयोगमा Mush Nepal Pvt. Ltd. बलम्बुमा गुच्ची च्याउकाे व्यवसायिक खेतीकाे अघ्ययन तथा अनुसन्धान भैरहेको जानकारी गराउँदछु । हालै Mush Nepal Pvt. Ltd. बलम्बुमा गुच्ची च्याउकाे सफलतापूर्वक Culture बनाउने काम सम्पन्न भइसकेको  तथा गुच्ची च्याउको बीउ बनाउने काम सफलतापूर्वक सम्पन्न भैसकेको छ ।साथै व्यावसायिक रूपमा गुच्ची च्याउ खेतीको लागि कम्पाेष्ट बनाउने काम भइरहेको छ ।

 

(हेर्नुहोस फोटो नं. १ गुच्ची च्याउको कल्चर)

 

 

(हेर्नुहोस फोटो नं. २ गुच्ची च्याउको बीऊ)

 

 

(हेर्नुहोस फोटो नं. ३ गुच्ची च्याउको कम्पोष्ट)

 

 

निकट भविष्यमा नै सफलता पूर्वक नेपालमा गुच्ची व्यवसायिक रूपमा खेती गर्न सकिने कुरामा हामी आशावादी छाैं । यस कार्यमा सहयाेग गर्नुहुने आदरणीय वरिष्ठ च्याउ बिज्ञ डा. महेशकुमार अधिकारी र अमेरिकी च्याउ विज्ञ श्री Joseph Krawczyk तथा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

Share this on Facebook